Tuesday, 29 October 2019

पर्खी बसे आमा, गाउँ बनाउन आउँदैछौं हामी




Published on Setopati on: 29th October 2019 (बुधबार, कात्तिक १३, २०७६) 


नेपालको गाउँ घरका बस्तिहरु आफैमा अद्वितीय छन् । प्राय: गाउँहरुका दुवै तिर साना खोल्साहरू हुन्छन। ति गाउँहरुको बिचमा बग्ने खोल्साहरू पानीको राम्रो श्रोत भएकोले त्यहाँ कुवा वा पधेरो हुने गर्दछ । गाउँका केहि घरहरु मिलेर आफ्नो लागि पानी-पधेरोको व्यवस्था आफै गर्दछन ।
मैले राम्रैसंग बुझ्ने हुदासम्म मेरो गाउँका कैयौं दर्जन घरहरु मध्ये गाउँकै भाषामा भन्नु पर्दा नजिकै घर भएका र एउटै पानी-पधेरो गर्ने हामी लगभग बिस घर थियौं । अहिले त्यो क्रम घट्दै गएर ५-७ वटा घरमा मात्र सिमित छ । यी मध्ये पनि केहि घरहरु अब फाँट तिर झर्ने तरखर मै भए जस्तो देखिन्छ । अब हामीले केहि सकारात्मक पहल नगर्ने हो भने कैयौं सम्भावनाको बाबजुद पनि गाउँलाइ पुरै रित्याएर शहर वा फाँट तिर झरेर आफ्नो गाउँ पुरै छोड्ने क्रम झन् बढ्ने देखिन्छ ।

हाम्रा हजुरबुवाको पुस्तामा गाउँ पुरै जंगलले भरि भराउ थियो भन्ने सुन्छौं । त्यतिखेरको जंगलले भरिएका गाउँहरु अलिकति डर लाग्दो पनि हुने नै भए । हजुरबुवाले सुनाएको घटना अनुसार हाम्रो हजुरआमा घरकै आगनको छेउमा भाँडा माझ्दै गर्दा एकाएक गायब हुनु भयो र कहिल्यै फर्किनु भएन । कैयौं महिना पछि एउटा हड्डी भेटेकोले त्यसलाई नै अवशेष मानेर सतिगति गर्नुभएको रहेछ । यो त एक प्रतिनिधि उदाहरण मात्र हो । यस्ता अन्य कैयौं  पिडादायक उदाहरण त गाउँमा हुने नै भए, तर विपन्नता र अशिक्षालाई जितेर गाउँहरु पहिले भन्दा केहि हदसम्म आधुनिक र सम्पन्न भैसेकाका छन् । मैले बुझ्ने हुँदा सम्ममा गाउँमा घरहरु बिस्तारै भरिदै गए । पधेरामा टन्न मानिसहरु हुन्थे, स्कुल जाँदा चिच्याएर बोलाउने र संगै जाने चलन थियो । पुजा-आजा वा अन्य धार्मिक, संस्कृतिक पर्बहरुमा गाउँको चहलपहल नै लोभलाग्दो हुन्थ्यो । घरको अगाडी-पछाडी फराकिलो ठाउँमा फुटबल, भलिबल खेलिन्थ्यो भने बर्षे बिदामा गाइ बाख्रा हेर्न जादा हामी दर्जनौं साथीहरुले चौरमा बसेर शिक्षकले दिएको होमेवोर्क गर्ने रमाइलो दृश्य हुन्थ्यो, यी सबै कुराहरु अब बिगत मात्र भए ।

२०४६ सालको प्रजातन्त्रको पुनर्बहाली पछि देशमा विस्तारै आर्थिक गतिबिधि चलायमान बन्यो, प्राइभेट स्कुलहरु खोलिए । सुरुवाती बर्षहरुमा खाडी मुलुक जाने प्रचलन ह्वात्तै बढ्यो, जस अनुसार गाउँ घरमा बेरोजगार बनेका युवाहरुले केहि आम्दानी त गरे तर त्यो भन्दा बढी परनिर्भरता बढ्यो । आफ्नै करेसाबारीमा उब्जाउन सकिने तरकारीहरु पनि उब्जाउन छोडियो । अझ बढी त छोराछोरीलाइ राम्रो स्कुलहरुमा पढाउने बाध्यता वा बहानामा गाउँ घरको घर जग्गा सबै छोडेर शहर-बजार तिर गएर भाडामा बस्ने प्रचलन बढ्दै गयो । अहिले गाउँ फेरि लगभग त्यसरी नै फेरि जंगलमै परिणत हुने क्रम बढ्दै गएको देखिन्छ । यस्तो हुन नदिन तथा गाउँलाई फेरि पहिले जस्तै भरिभराउ तर अझै बिकसित र सुबिधा सम्पन्न बनाउने जिम्मेवारी पनि हाम्रै हातमा छ ।

केहि महिना पहिले नेपाल फर्कौं महाअभियान सुरु गरेपछि हामीले आफ्नै देश वा अझ बढी आफ्नै गाउँ ठाउँमा गर्न सक्ने कैयौं सम्भावनालाइ पहिल्याउने कोशिश गरिरहेका छौं । विदेश बस्दा वा आफ्नै देशमा पनि शहरमा बस्दा हामीले प्राप्त गरेका योग्यता, सिप, अनुभव आदिलाई सदुपयोग गरेर आफ्नै गाउँ-ठाउँमा उपयोग गर्न सक्ने उपायहरु पहिल्याउन खोजिरहेका छौं । यसको लागि सुरुवाती चरण भनेको हामीलाई दैनिक रुपमा आवश्यक पर्ने केहि आधारभूत कुराहरुको ब्यबस्थापन हो । ती मध्ये बिजुली, पानी, बाटोघाटो तथा अहिलेको डिजिटल संसारसंग जोडिन सक्ने इन्टरनेट उपलब्ध हुनु हाम्रो पहिलो आबश्यकता हो, जसलाई पूर्ति गर्न खासै गार्हो हुनेछैन । हाम्रा लागि अर्का दुइवटा महत्वपुर्ण तर चुनौतीपूर्ण आवश्यकताहरु छन् । पहिलो,  हाम्रा सन्ततिले बिदेशमा जस्तै तथा देशका प्रमुख शहरमा जस्तै जति सक्दो राम्रो शिक्षा पाउने नैसर्गिक अधिकारको प्रत्याभूति दिलाउन सक्नु हो र दोश्रो, हामीलाई रोग लाग्दा, बिरामी पर्दाको लागि सैयौं किलोमिटर टाढा नगई घर नजिकै राम्रो र सर्ब-सुलभ उपचार हुने अस्पतालहरुको व्यवस्था गर्न सक्नु हो ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै अहिले हामीहरु आ-आफ्नै गाउँमा गएर गाउँको पुरानो संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै आफ्नै ठाउँमा बस्ने र गाउँको सुन्दरता र त्यहाँको पुरानो जीवनलाई फिर्ता ल्याउने तयारी थालेका छौं ।

त्यसको पहिलो कदम हाम्रा लागि आफु आफ्नै गाउँमा फर्केर के गर्ने भन्ने एकल तथा सामुहिक योजना हो र त्यो सम्भावना पहिल्याई सकेपछि आफ्नै गाउँमा बस्नको लागि तयारी थाल्नु हो । उक्त तयारी भनेको आफ्नो बसोबासको बन्दोबस्त गाउँमै गर्नु हो ।

नेपाल फर्कौं महाअभियान सुरु गर्दा हामीले सोचे भन्दा कैयौं ठुलो संख्यामा हामीसंग साथीहरु जोडिन पुगे । सयौंको संख्यामा जोडिन पुगेका नेपाल फर्किन प्रतिबद्ध साथीहरु बीच फर्केपछि के गर्ने,  के तयारी गरेर फर्किने तथा आफ्नो सिप, अनुभव र योग्यतालाई कसरि गाउँमै सदुपयोग गर्ने भन्ने चुनौती चिर्नको लागि छलफल सुरु गर्यौं  । यसै सिलसिलामा नेपालका विभिन्न ठाउँका कैयौं साथीहरुले आफ्नै गाउँमै बसोबास गरिरहेका, गाउँ छोडेर शहर/बजारमा बसाई सरेका र विदेश बस्नेहरु बीच छलफल सुरु गरिरहेका छौं । यिनै छलफल पश्चात हामीले अब ठोस कदमहरु चालेर अघि बढ्नुका साथै त्यसको लागि हाम्रा आबश्यकताहरु के हुन सक्छन भनेर औल्याइरहेका छौं ।

यस्तै छलफलको एउटा उदाहरणका रुपमा वालिंग नगरपालिका स्थित मिर्दी नजिकैको पंगेनी-अर्याल र तिवारीहरुको गाउँको सिरानमा रहेका २० घरहरु बीच हामिले आफ्नो गाउँलाई कसरि नमुना बनाउन सकिन्छ भन्ने बारे सामाजिक संजालको सदुपयोग गरेर छलफल गर्यौं । माथि भने जस्तै हाम्रो पहिलो चुनौती भनेको हामीले बर्षौं देखि देशका अन्य शहर, बजार वा विदेशको बसाइलाई बिट मार्न तयार भएर आफ्नै गाउँमा बसोबास गर्ने तयारी थाल्नु थियो । त्यसपछिका चुनौतीहरुमा गाउँमा सामाजिक उद्दमशिलता स्वस्थ, शिक्षा र रोजगारीका कुरा आउने नै भए ।

दुबईमा कार्यरत राजेन्द्र अर्याल आफु विदेश भएको बेलामा पारिवारिक समस्या र छोराछोरीहरुलाई  प्राइभेट स्कुलमा पढाउने इच्छाले फाँट तिर झरे र घर बनाए । कुराकानीको क्रममा उनले दुबईको बसाईपछि मात्र बाटोको छेउमा घर बनाउनु ठिक नभएको र आफुले आफ्नै पुरानो घरको बसाइ एकदम अर्गानिक रहने गरेको अनुभूति सुनाए । केहि हप्ता पहिलाको छलफलमा उनले अबको २-३ तीन बर्षमा पुरानो घर भएको ठाउँमै एउटा घर बनाएर बसोबास शुरु गर्न प्रतिबद्ध रहेको कुरा बताए ।

३५ बर्ष पहिला कामको शिलशिलामा मुम्बई पुग्नुभएका खडानन्द अर्याल दाइ सपरिवारका साथ उतै बसोबास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ; हामीहरुले सल्लाह गरेर आफ्नो गाउँमै बसोबास गर्ने सामुहिक निर्णय लिने हो सबै भन्दा पहिले गाउँ फर्किने म नै हुनेछु । राजेन्द्र र खडानन्द दाइ लगायतको प्रतिबद्धताबाट उत्साहित भएका राज पंगेनीले २५ वर्ष पहिला आगलागी भएर घर तहस नहस भएपछि गाउँघर छोड्नु परेको बताउदै अबको दुइ बर्ष भित्रै मुम्बई अबस्थित आफ्नो घर बेचेर फेरि पुरानै ठाउँमा घर बनाउन तयारी थालेको बताए ।

वालिंग टेलिभिजनका संस्थापक तथा क्यानका स्यांग्जा जिल्लाका सभापति मणि अर्यालले त गाउँमै आधुनिक र पक्कि घर बनाए । तर सबै जना बिस्तारै गाउँ छोड्न थालेपछि चिन्तित बनेका उनले आफ्नै गाउँमै कैयौं सम्भावना रहेको र गाउँलाई थप बिकसित गर्न सधैं तयार रहेको बताउदै गाउँलाई आवश्यक पर्ने उच्च गतिको इन्टरनेट उपलब्ध गराउने जिम्मा लिने बताए । आफ्नै ठाउँमा मनग्गे आम्दानी गरिरहेका र सबै छलफललाई नजिकबाट नियालिरहेका मनहरी पंगेनीले सधैं झैँ उनको ठट्यौली पारामा भने; मलाई थाहा नै थियो, तपाईंहरु घुम्दै फिर्दै अन्तिममा आफ्नै गाउँमा फर्किनु हुनेछ, त्यसैले मैले गाउँ नछोडेको हुँ, ल आउनुस संगै बसौं । नन्दु अर्याल, अरुण अर्याल तथा दुबईबाट सागर पंगेनी, सउदी अरबबाट बिष्णु अर्याल, पोर्तुगलबाट रामु अर्याल लगाएतले  यो हाम्रो सुरुवातको चरण मात्र रहेकोले बसोबास पछिको हाम्रा अन्य चुनौतीहरुलाई सामुहिक रुपमा कसरि अगाडी बढ्ने भन्ने तयारी थाल्नु पर्ने बताउछन ।
गाउँ छोडेर हिडेका हामी जस्तै कैयौंले छुट्टीमा घरमा फर्किंदा गाउँमै फर्किने बताउने र कहिल्यै नफर्किने नियति भोगेको हाम्रो गाउँमा हामी फर्किने छौं भन्ने आत्मविश्वास दिलाउने पहिलो कदम हाम्रो सामुहिक बसोबासको थालनी थियो, जसको तयारीको अन्तिम चरणमा हामी पुगिसकेका छौं । हामीले समानान्तर रुपमा हाम्रो बाँकि रहेको जमिनको सहि सदुपयोग, सामाजिक उद्दम्शिलाताको विकासका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नै क्षेत्रलाई नै सुबिधा सम्पन्न बनाउने छलफलमा छौं ।

देशका अन्य धेरै ठाउँमा पनि यसरि नै आफ्नो गाउँ-ठाउँलाई कसरि नमुना बनाउने भन्ने छलफलहरु चलिरहेका छन् । अमेरिकामा बस्दै आएका डा. हेमराज ढकालले स्थायी रुपमै गाउँ फर्किने तयारी गर्न लागेको बताउछन । उनले गाउँमै बसोबास गर्ने अरु साथीहरुलाइ गाउँमै गर्न सकिने सामुहिक उद्दमशिलताका बारेमा सल्लाह दिइरहेका छन् । त्यसैगरि अमेरिकाको आमहर्स्ट विश्वबिद्धालयमा बिद्धावारिधि गर्दै गरेका बिष्णु जोशीले सुदुरपश्चिम क्षेत्रसंग सम्बन्धित कैयौं साथीहरुलाई जोडेर त्यहाँ औषधि बिज्ञान सम्बन्धि कामहरु थालनी गर्ने गृहकार्यमा जुटेका छन् । गत बर्ष नेपाल फर्केकी बिनिषा श्रेष्ठले फ्रेन्च नागरिक र अन्य नेपालीहरुको सामुहिक लगानीमा होलिस्टिक कम्युनिटी सेन्टर र अर्गानिक रेस्टुराँको थालनीमा जुटेकी छन् जसलाई उनी देशभर फैलाउने सोचमा छिन । इजरायलको लामो बसाइपछि गत वर्ष नेपाल फर्केका नबराज आचार्यले नेपालकै पहिलो पार्क-लाइब्रेरी निर्माण गरे, उनि हेल्प नेपाल नेटवर्कसंग आबद्ध रहेर समाज सेवामा ब्यस्त छन् । जापानबाट डा. श्याम डुम्रे, क्यानडाबाट डा. ओम कर्मी, नर्वेबाट डा. प्रभात खनाल र अमेरिकाबाट डा. तारा सिग्देल लगायत कैयौं दर्जन हामीहरुले पोखराको वरिपरि विश्व स्तरिय अनुसन्धान केन्द्र खोल्ने छलफलमा ब्यस्त छौं । फ्रान्सबाट योगा तथा जीवन कला सम्बन्धि बिद्दावारिधि गरेका नरेन्द्र चन्द बर्षौंको फ्रान्सको बसाइलाई बिट मार्ने प्रक्रियामा छन्, उनले सुदुर पश्चिममा आफ्नो विधामा गर्न सकिने सम्भावनाको खोजि गर्नको लागि लामो समयको लागि नेपाल फर्केर तयारी गरिरहेका छन् । जर्मनीको लामो बसाइपछि नेपाल फर्किएकी कर्मा लामा तामांग अहिले आइटी क्षेत्रमा काठमाडौँ मै उद्द्म सुरु गरेकी छन् । हाल अमेरिकामा कार्यरत डा. संजिवन गौतमले गत बर्ष नेपालकै लागि अनुसन्धान गर्न कडा प्रतिस्पर्धाका साथमा अन्तर्राष्ट्रिय अनुदान प्राप्त गर्न सफल भए । अब हामिले काठमाडौँ केन्द्रित होइन, गाउँ केन्द्रित विश्व स्तरिय अनुसन्धान, अध्यापन केन्द्रहरु बनाउनु पर्ने र यसको सुरुवात हामिले काठमाडौँ बाहिर आफ्नै क्षेत्रबाट गरेर अनुभव, सिप र अत्याधुनिक प्रविधिलाई गाउँमै लैजानुपर्ने डा. गौतम बताउछन । हाल अमेरिकामा कार्यरत हेल्थ ईन्फरमेसन टेक्नोलोजीका बिज्ञ तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. सन्तोष सापकोटाले आफुले गाउँमा अरु दाजु भाईहरु संग मिलेर एग्रो फर्म तथा अनुसन्धान केन्द्र सुरु गर्न थालेको र आफ्नै गाउँमै स्वास्थ्यमा अझै प्रभावकारी काम गर्ने र सेवा दिने बताएका छन् । यी केहि प्रतिनिधि उदाहरणहरु हुन्, हामीले समय अनुसार अझ बिस्तारमा जानकारी दिदै जानेछौं ।

नेपाल फर्कौं महाअभियान गैर-राजनीतिक र हामी सबैको साझा अभियान हो । यो अभियानको सुरुवाती चरणमा हामीहरुले नेपाल फर्किन चाहनेहरुको बलियो संजाल बनाएर सामुहिक रुपमा सम्भावनाहरुको खोजि गरिरहेका छौं । यसका लागि हामीले नेपाल फर्किसकेका साथीहरुहरु संग जोडिएर उहाँहरुको अनुभवबाट सिक्दै हामीलाई आउने सम्भावित चुनौतिहरुको लागि तयारी गरिरहेका छौं। हाम्रो उदेश्य हामीले बाध्यताले वा नजानेर खेर फालेका हाम्रा स्थानीय श्रोत साधनहरुलाई सदुपयोग गर्ने र हाम्रा गाउँ ठाउँमै सम्भावनाको खोजि गर्ने हो । हामीलाई विश्वास छ, हामीले हाम्रा गाउँ घरहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीसंग जोड्ने नै छौं ।

Tuesday, 9 May 2017

उमेदवारको योग्यता कस्तो हुनुपर्ला  ?
Published in Barhakhari on 9th May 2017 (Baisakh 26, 2074)

पहिलो संविधान सभाको असफलता पछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकप (माओवादी)का युवा नेताले केही समय हामी देशलाई बन्दी हुन दिँदैनौ, अब हामी नेतृत्वदायी भूमिका खेल्छौँ भन्दै हिँडेका थिए ।यसबाट अब युवाले बूढो पुस्तालाई विस्थापित गर्छन् कि भन्ने आशा पनि जगायो । तर, तिनै असफल नेता संविधान सभाको दोस्रो निर्वाचनमा उठे । हामीसँग विकल्प थिएन । भोट दियौं र जितायौं । तिनका  राम्राभन्दा कैयौं गुणा बढी नराम्रा काम देखियो । संविधान बन्ने बेलामा हामीले एउटा प्रश्न बारम्बार उठायौँ - गाडीको चालक बन्न कक्षा १० सम्म पढेको हुनुपर्ने, लेखापाल बन्न पनि स्नातक हुनुपर्ने, छैटौं तहको अधिकृत बन्न स्नातक उत्तीर्ण हुनुपर्ने, माध्यमिक तहको शिक्षक हुन पनि स्नातक हुनुपर्ने तर प्रधानमन्त्री बनेर देश चलाउन वा कुनै मन्त्रालय चलाउन शैक्षिक योग्यता नचाहिने ?  
भर्खरै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महानगरपालिका, नगरपालिका र गाउँ पालिकाका पदाधिकारीको मासिक तलब र सुबिधा तोकेको छ ।  यसअनुसार महानगरपालिका प्रमुख (मेयर)को मासिक तलब ६० हजार छ । मासिक ६० हजार तलब खानका अन्य क्षेत्रमा कस्तो शैक्षिक योग्यता, अनुभव र दक्षता चाहिन्थ्यो होला ? अनि हामीले पार्टीको झन्डा बोकेर राजनीति गरेकै भरमा यति महत्त्वपूर्ण पदमा बिनायोग्यता, दक्षता र अनुभवहीन व्यक्तिलाई सपना देखाएकै भरमा तथा राम्रो भाषण गरेकै भरमा जिम्मेवारी दिने हो त ? 
त्रिभुवन विश्वविद्यालयको सबैभन्दा उच्च पद उपकुलपतिको मासिक तलब ६१ हजार रुपियाँ छ , प्रोफेसरको तलब मासिक ५४ हजार हुन आउँछ । त्रिभुवन विश्वविद्यायमा प्रोफेसर बन्न जीवन भर संघर्ष गर्नुपर्ने हुन्छ । वर्षौंको शैक्षिक अनुभव, अनुसन्धान, आफूले प्रकाशित गरेका लेखरचना तथा कृति आदिको मध्यमबाट उत्कृष्ठ कार्यसम्पादन गरेर मात्र प्रोफेसर बन्न सकिन्छ ।  नेपाल सरकारको मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिकोको तलब करिब ५५ हजार मासिक छ । 
निजामती सेवाको मुख्य सचिव बन्न हुनुपर्ने योग्यता, अनुभव, दक्षता र कार्य सम्पादन कस्तो हुनु पर्ला ? साथै नेपाली सेनाको महासेनानी हुन  कयौं चरणमा उत्कृष्ठ कार्य सम्पादन र अन्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । अब विचार गरौं, हामीले चुन्ने महानगरपालिका वा नगरपालिकाको प्रमुख कस्तो हुनु पर्ने हो ? योग्यता, दक्षता त अनुभव कस्तो हुनुपर्ने हो? जीवनभर पार्टीको झन्डा बोकेको, भाषण गरेको, तथा सपना देखाउने वा योजना सुनाउनेमात्र महानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख बन्ने आधार हुन् त ? तथा भर्खरै कलेज पढ्दै गरेको, स्नातक तह पनि उत्तीर्ण नगरेको तथा कुनै विधामा पनि काम नगरेको र दक्षता हासिल नगरेको व्यक्ति नगर,महानगर तथा गाउँपालिकाको प्रमुख हुने योग्यता हो त ? 

उमेदवारको  योग्यता   
अहिले नेपालभर नगरपालिका, गाउँ पालिका तथा महानगरपालिकामा उठेका अधिकांश उमेदवार वर्षौंदेखि पार्टीगत राजनीतिमा लागेका छन् । उनीहरूसँग हामीले सोध्नुपर्ने पहिलो प्रश्न हो  - उनीहरूको पेसा वा व्यवसाय  के हो ? उनीहरूको खर्च कसरी चल्छ ? जीवनभर राजनीतिमात्रै गर्दा उनका आफ्ना परिवार कसरी पालिएका छन् ? 
उनीहरूको परिवारका अन्य सदस्यले कमाएर सहयोग गरेका छन् भने हामी उमेदवारहरूलाई सोधौँ - तपाईँको पेसागत तथा प्राविधिक अनुभव के हो ? विज्ञहरूको समूह गठन गरेर विकास गर्ने भए हामीले विज्ञलाई नै किन नउठाउने ? तपाईँको आफ्नो दक्षता के हो ? तपाईँको कार्य कुशलता केमा छ? हामीले तिरेको करबाट प्रतिमहिना ५० हजार (नगरपालिका) तथा ६० हजार (महानगरपालिका) तलब खाने योग्यता, दक्षता र अनुभव के छ ? 

योजना पूरा गर्नसक्ने आधार 
अहिले कैयौं उम्मेदवारले विनाआधार हचुवाका भरमा मतदातालाई योजना सुनाउँदै गरेको पाइएको छ ।  नेपालजस्तो प्राचीन सभ्यताले भरिपूर्ण देशलाई सिंगापुर बनाउँछु भन्ने हावा गफ पनि हामीले पत्याएकै हौँ । यस अर्थमा हाम्रो आफ्नै सम्पदा, सम्भावना र मौलिकतालाई हामी मतदाताले पनि चिन्न नसकेकै रहेछौँ । कुनै नगरपालिकाका मेयरका उमेदवारले प्रत्येक वडामा स्थानीय संस्कृति झल्किने संग्रहालय बनाउने योजनाका साथै प्रत्यक टोलमा सुविधा सम्पन्न सामुदायिक भवन बनाउने योजना अगाडि सरेका छन् । 
प्रत्येक वडामा हामीले कस्तो संग्रहालय बनाउन खोजेको हो ?  यसको मतलब एउटा नगरपालिकामा १०-२० वटा त संग्रहालयमात्रै बन्ने भए ।  एउटा वडामा दर्जनौं टोल हुन सक्छन् । के हामीलाई प्रत्यक वडामा दर्जनौं सामुदायिक भवनको आवश्यकता हुन्छ ?  त्यसैले कुनै आधार नभएका चुनावी योजना पत्याउनुभन्दा पनि ती योजना कति ठीक छन् र योजना पूरा गर्न चाहिने स्रोत के छ भनेर उमेदवारसँग सोध्नैपर्छ ।  साथै ती योजना कार्यान्वयन  गर्न चाहिने सीप, अनुभव, योग्यता उम्मेवारमा छन् कि छैन भनेर जाँच्ने जिम्मा मतदाताकै हो । 
पहिले त हामीसँग विकल्प थिएन । अहिले पनि सबै गाउँपालिका र नगरपालिकामा विकल्प हुन्छ नै भन्ने छैन । तर, पार्टीभन्दा माथि उठेर सवैभन्दा उत्तम विकल्प  छान्नुपर्छ । साथै उम्मेदवारको योजना सुनेर खुसी हुने होइन ती योजना कार्यान्वयन गर्ने सीप, अनुभव, योग्यता छन् कि छैनन् भन्ने मतदाताले नै पहिल्याउनुपर्ने हुन्छ ।   

पार्टीप्रतिको पुस्तैनी निष्ठा 
कयौं मतदाताले फलानो पार्टीको उम्मेदवारले केही गर्न त सक्दैन तर हामी यही पार्टीलाई भोट दिँदैआएकाले अहिले पनि त्यसैलाई भोट दिन्छौँ भनेको सुनिन्छ ।  आफ्नो आस्था भएको पार्टीको उमेदवारले राम्रो गर्न सक्दैन भन्ने थाहा छ भने त्यसको विकल्प खोज्नुपर्छ । 
आफ्नो गाउँठाउँ, नगर र महानगरलाई विकसित र सुन्दर देख्न चाहने हो भने  सक्षम नेतृत्व नै चुन्नुपर्छ । नत्र हाम्रो नियति भोट दिएपछि अर्को चुनावसम्म देशमा केही भएन भनेर नेता र पार्टीलाई गाली गरेरमात्र बस्ने हुनेछ । यसो हुनुको आधा जिम्मेवारी हामीले पनि लिनुपर्ने हुन्छ । 

सिक्ने कि गर्ने ?
महानगर तथा नगरपालिका पार्टी कार्यालय जस्तो होइन । यो  संस्था चलाउन ज्ञान र सीप नभई हुन्न । आफ्नै पारिवारिक दायित्वबाहेक अरू दायित्व विनाआधार स्वतः आउँदैन । कुनै संस्थाको प्रमुख पदमा त शैक्षिक योग्यतामात्र भएर पनि पुग्दैन । नगरपालिका तथा महानगरपालिकामा प्रमुख छान्ने जिम्मेवारी मतदाताको हो । आफ्नो संस्थामा हामीले अक्षम व्यक्तिलाई मौका दिन्छौँ त? त्यसैले मेयर पदका लागि  नेतृत्वदायी भूमिका आवश्यक हुन्छ भने योग्यता, क्षमता, अनुभव र दक्षता पनि चाहिन्छ । 
काठमाडौँ र ललितपुरमा मतदाताभन्दा कयौं गुणा बढीको बसोबास छ । विदेशमा बस्ने लाखौं नेपाली  काठमाडौं उत्रनेबित्तिकै यसको बेथिति देखेर दिक्क हुन्छन् । त्यसैले काठमाडौं र ललितपुरमा आफ्नो मत दिन नपाएकाहरूको पनि त्यहाँ सक्षम व्यक्ति निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविकै हो ।
ललितपुरमा प्राचीन कला र काठमाडौँ प्राचीन सभ्यताको सहर हुन् भन्ने रट लगाइरहनुभन्दा ललितपुर र काठमाडौँभित्रका प्राचिन सभ्यता र संस्कृति लाई जगेर्ना गर्दै सहरलाई आधुनिकीकरण गर्नसक्ने सपना, अनुभव र दक्षता भएको व्यक्तिलाई नै चुनेर पठाउनु पर्छ ।  कुनै उमेदवारले काम गर्ला भन्ने आशा गरेरभन्दा पनि पहिले नै जनतामा भिजिसकेको, सामाजिक काम गरिसकेको उमेदवारलाई नै चुन्न सक्नुपर्छ । 
मत दिने अर्को आधार उमेदवारको इमानदारी, सहरलाई रूपान्तरण गर्नसक्ने आत्मविश्वास र आफ्ना योजना पूरा गर्नसक्ने दक्षता तथा पहिले गरेको कामको प्रभाव हुनुपर्छ ।   अहिले भूकम्पले थलिएका सहरह भएकोले हामीहरुले उम्मेदवारहरु चुन्दा ती संरचनालाई बनाउन सक्ने चाहना र क्षमता पनि नहेरी हुन्न । त्यसैले आफ्नो सहरलाई सफा, सुन्दर र संस्कृतिको रक्षा गरेर विकास गर्न सक्ने उमेदवारको चयन मतदाताको जिम्मेवारी हो । 

Thursday, 27 April 2017

बहसः काठमाडौंको मेयर कस्तो व्यक्तिलाई बनाउने ?

भावनामा बहकिनु भन्दा जिम्मेवार बन्न आवश्यक 

Published in onlinekhabar on 27th April 2017

 


स्थानीय चुनावको माहोल बन्दै जाँदा देशैभर विभिन्न पार्टीमा  उम्मेदवारीको आकांक्षा राख्ने तथा उम्मेदबारी दिनेहरुको संख्या बढ्दै छ   नेपालकै राजधानी काठमाडौँको मेयर पद सामाजिकआर्थिक विकास तथा राजनीतिक हिसाबले एकदम महत्वपूर्ण मानिन्छ 
स्थानीय चुनावको माहोल बन्दै जाँदा देशैभर विभिन्न पार्टीमा  उम्मेदवारीको आकांक्षा राख्ने तथा उम्मेदबारी दिनेहरुको संख्या बढ्दै छ   नेपालकै राजधानी काठमाडौँको मेयर पद सामाजिकआर्थिक विकास तथा राजनीतिक हिसाबले एकदम महत्वपूर्ण मानिन्छ 

काठमाडौँमा मेयरका लागि अहिलेका दुर्इ वैकल्पिक पार्टीहरुमध्ये विवेकशील नेपालीबाट रन्जु दर्शना र साझा पार्टीबाट स्वतन्त्र उम्मेदबारको रुपमा किशोर थापाले उम्मेदबारी दिएका छन्  अरु पार्टीले बिस्तारै उम्मेदबारी दिने नै छन् । तैपनि निर्बाचनको  तीन हप्ता नजिकै पुग्दा समेत उम्मेदवारी दिन नसक्नु पुराना पार्टीहरुको काम गर्ने तरिका चुस्त नहुनु हो भन्ने कुरा  देखिन्छ 
हामीले बुझ्नु पर्ने एकदम महत्व पूर्ण कुरा के हो भने २० वर्ष पहिलाको स्थानीय चुनाबमा वडा स्तरमा कैयौं युवाहरुले जितेका थिए     एउटा वडा स्तरमा राम्रो काम गरेर देखाउनका लागि नगरपालिका वा महानगरपालिकाको स्तरमा जस्तो  तुलनात्मक रुपमा अत्यन्त गार्हो नहुनु पर्ने थियो   तैपनि एक-दुइ अपवाद बाहेक राम्रो काम गरेका राम्रा उदाहरणहरु हामीसँग कम छन्   यसका कारण होती युवाहरुमा परिपक्कताअध्ययनशैक्षिक योग्यतासीपर दक्षताको  कमी थियो   युवामा भएको अथाह सम्भावनाआत्मविस्वासउर्जासाहसको सही परिचालनका लागि उनीहरुमा अनुभव र विज्ञता पनि आवश्यक हुन्छ,त्यसैले हामीले काम गर्न सक्ने सही उम्मेदबार चुन्न  आवश्यक छ 
हामी कुनै ठाउँको विकास निर्माणको नेतृत्वका लागि त्यही अनुसारको सीप,दक्षतार अनुभव भयो भने मात्रै विज्ञले दिएका सुझावहरुलाई पहिचान गरेर आफ्नो निर्णयमा पुग्न सक्छौं 
मेयर पद कुनै महानगरपालिकाका लागि एक प्रधानमन्त्री सरहको पद हो काठमाडौँ जस्तो राजधानी शहरका लागि त देशका अन्य महानगर वा नगरपालिका भन्दा पनि एकदमै महत्वपूर्ण पद हो भन्ने कुरामा कुनै दुविधा रहेन    उदाहरणका लागि लन्डनमुम्बईन्युयोर्क जस्ता शहरमा हुने मेयर पदमा हुने चुनाबका लागि विश्वभरिकै ध्यान खिचिएको हुन्छ  
यस अर्थमा पनि काठमाडौँको मेयरको पद देश भरिकै निर्बाचनका लागि महत्वपूर्ण मात्र होइन,  काठमाडौँको मेयरले गर्ने विकास  अन्य देशबाट आउने पर्यटकका लागि पनि उदाहरण बन्न सक्नुपर्दछ   हाम्रो क्षमता र हामीले गर्न सक्ने डेलीभरि हाम्रो शिक्षाअनुभव,  सिपअध्ययन सबैको संगम होत्यसैले हामीलाई चाहिने मेयर यी विभिन्न कुरामा सके उत्कृस्ट नत्र पनि औसत भन्दा माथि हुनु जरुरी छ 

अहिले सामाजिक सञ्जाल तथा देश विदेशमा साझा पार्टीको प्रतिनिधि भएर उठेका उम्मेदवार किशोर थापा र बिबेकशील नेपालीकी रन्जु
  दर्शनाको चर्चा देखिन्छ । हामीले अन्य देशको विकास बारेमा हेरेर आफ्नो देशमा यस्तो किन भएन भन्छौं र हाम्रो नेतृत्व पंक्तिलाई दोष दिन्छौं । यसको मतलब हो, हामी हाम्रो राजनीतिलाई नेतृत्व गर्न सक्ने नेता सक्षम होस् भन्ने चाहन्छौं 
यसै परिप्रेक्षमा विश्वका केही शहरहरुको मेयरको नेतृत्वका बारेमा चर्चा गर्नु सान्दर्भिक छ   अनि मात्र हामी अन्य केही देशका महत्वपूर्ण शहरका मेयरहरु जस्तै काठमाडौँमा मेयरका प्रत्यासी मध्ये कुन उम्मेदवार नेतृत्व दिन सक्ने नेता कस्तो हुनु पर्ला भन्ने निर्क्यौल गर्न सक्छौं  
शैक्षिक योग्यता
मान्छेको सोचको दायरामा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कडी शिक्षा नै हो  
अमेरिकाको न्युयोर्क शहरका  अहिलेका मेयर ५५ बर्षीय बिल दे ब्लासियाले न्युयोर्क युनिभर्सिटीबाट मेट्रोपोलिटन स्टडिज (महानगरीय शिक्षा) मा स्नातक तथा विश्वकै अन्त्यन्त उत्कृस्ट बिश्वबिद्यालय मध्यको कोलम्बिया बिश्वबिद्यालयबाट अन्तरास्ट्रिय सम्बन्धमा  स्नाकोत्तर गरेका छन्  


लन्डनका मेयर ४७ बर्षीय सदिक खान कानुनमा स्नातक छन् भने मुम्बईका मेयर विश्वनाथ महादेश्वर मुम्बई विश्वविद्यालयबाट स्नाकोत्तर मात्र नभएर उनी आफै शिक्षाविद् हुन्   उनी कलेजका प्रिन्सिपल तथा मुम्बई महानगरपालिकाका सिक्षा बोर्डका सभापति रहिसकेका छन् 
यी त प्रतिनिधि उदाहरण हुन् । हामीले चुन्ने देशकै राजधानी काठमाडौँको मेयर अन्तरास्ट्रिय रुपमा प्रतिस्पर्धा सक्ने शैक्षिक योग्यता  हुनु जरुरी छ    हामीले आफ्नो देश या ठाउँ बनाउने हो हामीले अरु कुनै देश वा अन्य देशका जनतासँग प्रतिस्पर्धा गर्नुपर्ने नहोला  तर, अरु देशका शहरहरुको विकासका लागि आवश्यक परेको नेतृत्व हाम्रो देश वा शहर बनाउन पनि आवश्यक छ  
हामीले एउटा राजदुताबासस्कुल वा बैंकवा सुरक्षा निकायको नेतृत्व लिन स्नाकोत्तर हुनुपर्छ भन्छौं । तर, लाखौं जनताको सुरक्षासयौं स्कुलबैंक,जस्ता अन्य हजारौं सामुदायिक र ब्यापारिक केन्द्र भएको ठाउँको नेतृत्व लिने बेलामा शैक्षिक योग्यता को कुरा गरेनौं भने त्यो ठूलो समस्या हो   हामीले यसमा प्रस्ट हुनु जरुरी छ । यस हिसाबले पनि काठमाडौँको मयेरका लागि स्नातकोत्तर गरेका व्यक्ति उपयुक्त उम्मेदबार हुन्  
अनुभव  
कुनै व्यक्तिहरु अत्यन्त सृजनशील हुन सक्छन्  हाम्रा अगाडि अनुभवबिना पनि डेलिभरी गरेका कयौं उदाहरण हुन सक्छन् । तर, अनुभव हुनु र नहुनुमा धेरै फरक हुन्छ  
न्युयोर्क सिटीका मेयर बिल दे ब्लासियासँग न्युयोर्कको आवास तथा अर्बान विकासको डाइरेक्टरका साथै न्युयोर्क सिटी डिपार्टमेन्ट अफ जुभेनाइल जस्टिससेन्ट्रल अमेरिकाको हेल्थ केयर लगायत अन्य कयौं क्षत्रमा काम गरेको अनुभव छ  
त्यसैगरी लन्डनका मेयर सदिक खानसँग कानुन व्यवसायीको रुपमा देशका विभिन्न सामाजिकराजनैतिकशैक्षिक क्षेत्रमा व्यापक प्रभाव पर्न सक्ने प्रख्यात मुद्दाहरुमा बहस गरेको र जितेको अनुभवका साथै मेयर बन्नु अघि सामुदायिक र यातायात राज्य मन्त्री सम्हालेको अनुभव छ  
मुम्बईका मेयर विश्वनाथ महादेश्वरसँग कलेजको प्रिन्सिपलका साथै सन् २००२ देखि मुम्बई महानगरपालिकाको कर्पोरेटर र शैक्षिक बोर्डको सभापतिको अनुभव छ  
देशको कुनै पनि वडा होस् वा महानगरपालिकायी एक संस्था हुन्अब हामीले त स्नातक तहमा पढ्दै गरेका राजनीतिमा आउना चाहने युवाहरुलाई नगरपालिकाको मेयरको कार्यालय वा अन्य त्यस्तै कार्यालयमा गएर इन्टरनशीप गर्ने मौका दिने हो भने उनीहरुले त्यो अनुभवलाई पछि राजनीतिमा सफलता हासिल गर्नका लागि उपयोग गर्न सक्छन् । यसकारण पनि भर्खरै स्नातक तहमा अध्ययन गर्दै गरेका भन्दा काम गरेको अनुभवका आधारमा पनि उपयुक्त उम्मेदवार छान्नुपर्छ 
सीप र दक्षता  
विश्वका सफल व्यक्तिहरुले कुनै एक विधामा सीपहरु सिक्दै दक्षता हासिल गरेका हुन्छन्  तिनै सीप र दक्षतालाई नै उनीहरुले आफ्नो सफलताका लागि सदुपयोग गरेको पाइन्छ   कुनै व्यक्तिलाई विश्वास गर्ने आधार पनि उसले एक विधामा हासिल गरेको सिप र त्यसबाट प्राप्त गरेको  सफलता होजसका कारण त्यस व्यक्तिले अर्को विधामा उसले हासिल गरेको सिप,दक्षता र अनुभवलाई उपयोग गरोस भन्ने हो   
न्युयोर्कका मेयर मेयर बिल दे ब्लासियाले आफू निर्वाचनमा उठ्नु भन्दा पहिले युनिभर्सिटीबाट अध्ययन सकिने वित्तिकै विभिन्न सामाजिक,राजनीतिकसामुदायिक संस्थाहरुमामा काम गरेर बर्षौंको अनुभव संगालेका छन्    त्यसैगरी लण्डनका मेयर सदिक खानले कानुन व्यवसायमा दक्षता र सीप हासिल गरेका छन्    मुम्बईका मेयर विश्वनाथ महादेश्वरसँग शिक्षा क्षेत्रमा सीप र दक्षता छ    हरेक पार्टीसँग विकासका योजना हुनु ठूलो कुरा होइन तर नगरपालिका वा महानगरपालिकाको विकास मेयरको सीप र दक्षता मै निर्भर रहन्छ  
त्यसैले, हामीले पनि काठमाडौँको मेयरका उम्मेदवार छान्दा सीप र दक्षतालाई आधार मान्न सकिन्छ ।  हामी भावनामा बहकिन भन्दा पनि जिम्मेवार भएर सोच्न आवश्यक छ  
व्यक्तित्व र परिपक्कता  
हामी नेपालीहरु जहिले पनि राजनैतिक भाषणलाई महत्व दिन्छौं    चाहे स्थानीय निकाय होस् वा राष्ट्रियस्तरको चुनाव होस्हामीलाई कडा भाषण गर्नेभन्दा पनि राम्रो योजना तर्जुमा गर्न सक्ने र त्यसलाई पूरा गर्न सक्ने नेता तथा व्यक्तिको आवश्यकता छ    यसका लागि केवल केही गर्ने सोच भएर मात्र पुग्दैन,  त्यसलाई निभाउन आवश्यक पर्ने व्यक्तित्व र परिपक्कता पनि चाहिन्छ   
अन्तरास्ट्रिय सहरका मेयरहरु हेर्यौं भने हामीले त्यहाँका जनताले अपवाद बाहेक राजनैतिक भाषणलाई नभएर व्यक्तिमा भएको क्षमतादक्षता,अनुभवका आधारमा निर्बाचित गरेको पाइन्छ    मुम्बईका मेयर विश्वनाथ महादेश्वर एकदम नरम र भद्र स्वभावका मानिन्छनउनलाई उनकै पार्टी र जनताले रोज्नुको कारण उनको भद्र स्वाभाव र परिपक्कता पनि थियो  
 त्यसैले हामीले चर्का भाषण गर्ने खुबीभन्दा पनि नेतृत्वमा भएको अनुभव,दक्षताशैक्षिक योग्यताव्यक्तित्वर परिपक्वता रोज्नुपर्छ
अन्तराष्ट्रिय एक्सपोजर  
हामी नेपालीहरुका लागि अर्को एकदम महत्वपूर्ण कुरा अन्तरास्ट्रिय एक्सपोजर पनि हो   हामीले अन्य देशमा भएको द्रुत गतिको विकाससँग नेपालको तुलना गर्ने गर्छौं 
यस कारणले पनि हामीले अन्य देशमा भएका समाजिक सुरक्षासुशासन र विकास आदिको  मोडेलको अनुशरण गर्नु आवश्यक देखिन्छ   त्यसका लागि काठमाडौँमा धुलो र यातायात व्यवस्थापन पर्याप्त काम होइनशहरिया व्यवस्थानसँगै व्यापार,  पर्यटनऐतिहासिकपूर्वाधारहरुलाई अन्तरास्ट्रिय स्तरमा पुर्याउनुपर्ने हुन्छ 
काठमाडौँको प्राचीन संस्कृतिलाई मौलिकरुपमा  विकास र संरक्षण गरी विकास के हो भनेर पहिल्याउनु एकदम महत्वपूर्ण हुन्छ । उदाहरणका लागि देशमा भएका अत्यन्त सानातिना कुराहरुलाई समेत सुन्दर रुपमा अन्तरास्ट्रिय जगतमा प्रस्तुत गर्दा हामीलाई ज्ञानअनुभवअध्ययनशीप र दक्षताको आवश्यकता पर्दछ 
हामीले हाम्रा परम्परागत पार्टीका घोषणा पत्र हेरेर थाकिसकेको सन्दर्भमा अब कुनै उम्मेदवारले सुनाउने योजनाभन्दा पनि त्यो उम्मेदवारसँग आफ्ना योजना कार्यान्वन गर्न सक्ने सीपअनुभव र दक्षता छ कि छैन भनेर विश्लेषण गर्नु एकदम महत्वपूर्ण छ   यस अर्थमा काठमाडौँको प्राचीन सभ्यताको संरक्षणमौलिक विकास र अन्तरस्ट्रिय रुपमै सुन्दर सहर बनाउन सक्ने उम्मेदवार चाहिन्छ ।
रञ्जु दर्शनाबारे
अहिले सामाजिक सञ्जालमा  काठमाडौँको मेयरका उम्मेदवार किशोर थापासँग रन्जु दर्शनाको नाम पनि चर्चामा रहेको छ । विवेकशील नेपाली पार्टीले रन्जु दर्शनाका बारेमा कुरा गर्दा मार्क जुकरबर्गमालाला युसुफजाई,पृथ्वीनारायण जस्ता युवा अवस्थामै राम्रो काम गरेर देखाएका व्यक्तिहरुको उदाहरण दिएर भावनामा बहकिएको देखिएको छ 
मार्क जुकर्बर्ग आफैं कम्प्युटर साइन्समा राम्रो दखल भएका व्यक्ति हुन्  उनले रन्जु दर्शनाले विज्ञहरुको टिम बनाएर काठमाडौँको विकास गर्छु भने झैं फेसबुकको अवधारणा  ल्याएका होइनन्   फेसबुक उनी आफैंले, आफ्नो सीप र दक्षताले बनाएका हुन्   उनले पछिमात्रै फेसबुकको वृद्धि विकासका लागि अरु विज्ञहरुको सहायता लिएका हुन् 
पृथ्वीनारायण  शाह आफैं एक तालिम प्राप्त सिपाही वा लडाकू थिए  उनीसँग युद्धको सीप र दक्षता थियो र मात्र नेपाल एकीकरणको सपनालाई साकार बनाउन सकेका हुन् 
एउटा महानगरपालिकाको कार्यकारी प्रमुखको दावेदारी प्रस्तुत गर्दा १८ ओँ शताब्दीका राजाको उदाहरण आफैंमा नमिल्दो त हो नैत्यसको उदाहरण १० बर्से सफल जनयुद्ध सम्हालेका  प्रचण्डको पहिलो कार्यकाल हेरे पनि पुग्छ 
यसका साथै दर्शनाको कुरो गर्दा कुलमान घिसिङ्ग र गगन थापाको उदाहरण लिएको पाउँछौं   विवेकशील नेपालीका साथीहरुले के बुझ्नु  जरुरी छ भने गगन थापा एक अब्बल विद्यार्थी थिए र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्   गगन थापासँग मन्त्री हुनुभन्दा पहिला लामो समय बिद्यार्थी संगठनको नेतृत्व गरेको अनुभव मात्र नभएर संविधान सभा-२ मा  उर्जा समितिको सभापति र त्यो भन्दा पहिला अन्य समितिमा बसेर काम गरेको अनुभव छ 
त्यसैगरी देशमा उज्यालो फर्काउन सफल कुलमान घिसिङ्ग पेशाले इन्जिनियर हुन् र ब्यबस्थापनमा स्नाकोत्तर हुन्   उनी आफ्नो पेशामा दक्ष छन् र उनीसँग विद्दुत प्राधिकरणमा लामो समय काम गरेको अनुभव छ   उनको सफलताका पछाडि उनको सीप र दक्षताको पनि एकदम ठूलो हात छ
त्यसैले हामीले विश्वमा सफल युवाहरुको पछाडि भावना वा लहडभन्दा पनि तिनीहरुको सफलताका पछाडिको पृष्ठभूमि हेर्नुपर्ने हुन्छ   साथैहाम्रोजस्तै अन्य देशका शहरहरुमा निर्बाचित मेयरहरुको ज्ञान, अनुभव, सीपजस्ता पृष्ठभूमि हेर्यौं भने मात्रै हामी हाम्रो देशको राजधानीका लागि उपयुक्त र उत्कृष्ठ उम्मेदवार किशोर थापा नै हुन् निश्कर्षमा पुग्नेछौं  

Tuesday, 31 March 2015

डा. के सी लाई समर्थन गरौं |


मैले एसएलसी २०५१ मा पास गरें, स्यांग्जा जिल्ला भरि एउटा पनि बिज्ञान पढ्नको लागि कलेज थिएन र काठमाडौँ तिर लागें। आज २० वर्ष भैसकेछ मैले एसएलसी पास गरेको, तर सरकारी स्कुलबाट राम्रो अंक ल्याएर पास गर्ने कुनै पनि बिद्दार्थी ११ कक्षामा बिज्ञान पढ्न स्यांग्जा जिल्ला भरि एउटा पनि सरकारी कलेज छैन। म  पनि आफ्नै पारिवारिक कारणले एक बर्सको ग्याप पछि मात्र मुम्बईम़ा बिज्ञान संकायमा पढ्न सुरु गरें। मैले १२ कक्षा (सन् १९९७) मा पास गर्दा धरानमा बिपी कोइराला मेडिकल इन्स्टिट्युट खोलिसकिएको थियो, र अहिले नाम याद भएन, अर्को १-२ ओटा प्राइभेट मेडिकल कलेजहरु स्थापना गरिने तरखरमा थियो। नेपाल भन्दा बाहिरबाट पनि मेडिकल पढ्न बिद्धार्थी आउने खबरले म उत्साहित थिएँ।

डा. गोबिन्द के सी. (picture source: online chautari)
दुखका साथ भन्नु पर्छ, सरकारी स्कुलमा राम्रो पढेर अगाडी बढेका साथीहरु चाहेर पनि आजसम्म डाक्टर बनेर निस्केकेको अपबाद बाहेक मैले सुन्न पाएको छैन।प्राइभेट कलेजबाहेक गाउँका निम्नबर्गीय बिद्धार्थीहरुले डाक्टर बन्नका लागि २० वर्ष पहिला र अहिलेको बाताबरणमा खासै भिन्नता आएको मान्न सकिने ठाउँ छैन ।

सन् २००१ म बीएस्सी पास गरेर नेपाल फर्कने वा नफर्कने दोधारमा रहदै गर्दासम्म नेपालमा धेरै मेडिकल कलेज खोलिइसकेका थिए।मुम्बईमा पढ्दै गर्दा त्यहाका अस्पतालमा अत्यन्त राम्रा अनुसन्धान गरेको देखेको थिएँ, नेपालका केहि अस्पतालमा फलानो हस्पिटल एंड रिसर्च सेन्टर लेखेको बोर्ड टाँसेको देखेर केहि काम गर्न पाइने आशाले काठमाडौँका धेरै अस्पताल धाउँदा त्यहाँ केहि अनुसन्धान नभएको पाउँदा त्यतिखेर मात्र होइन, अझैसम्म पनि अचम्मित छु। बिना अनुसन्धान कसरि मेडिकल सिक्षा फस्टाउन सक्ला, त्यो बहसको अर्कै पाटो हुन सक्ला तर मेडिकल सिक्षा भनेको यथेस्ट प्राध्यापाक र भौतिक सुबिधा बिना औषधि को नाम घोकेर पढ्ने बिषय होइन, आफ्नो बिषय संग सम्बन्धित सिपका लागि बिरामी र उपकरण नभएका कलेजमा बिरामीहरुसंग सम्बन्धित राम्रा अनुसन्धान होलान भन्ने त धेरै टाढाको कुरो भयो ।

नेपाल फर्कने बित्तिकै पुरानो चिनजान को एक  परिवार संग कुरा भयो। उनका छोराले २-३ पटक मेडिकल प्रवेश परीक्षा दियिसकेका थिए। उनले पैसा तिरेर पढाउन नसक्ने तर प्रवेश परिक्षामा पैसा खुवाएर पढाउन सक्ने कुरा गरे।  मन्त्रालयबाट नाम निकाल्न उनले धेरै मान्छेहरुसंग कुरा गरेको हुनु पर्छ, छोराको नाम निस्किन बित्तिकै धेरै मान्छेहरु पैसा माग्न थाले। पटकपटक धेरै मान्छेहरु पैसा माग्न आउन थालेपछि छोराले आफै नाम निकालेको कुरा गर्थे। मेडिकल प्रवेश परिक्षामा एउटा गिरोह थियो वा धेरै गिरोह सक्रिय थियो, त्यो त थाहा भएन तर प्रवेश परीक्षाको अनियमिताको बारेमा प्रदाफास भैसकेको अबस्थामा यसको थप पुस्टिको आबश्यकता परेन ।

मेरो लागि एउटा एउटा मात्र विकल्प भनेको प्राइभेट बोर्डिंग स्कुलमा पढाउनु थियो। मैले सन् २००१ बाट २००५ सम्ममा काठमाडौँका राम्रा गनिएका केहि स्कुलमा बिज्ञान बिषय पढाउदै गर्दा माओबादीको चर्को आन्दोलन थियो।प्राइभेट स्कुलहरु बन्द गर्ने सम्बन्धमा म त्यसको बिरोधि थिए, कमसे कम म जस्ता हजारौं युवाले काम गर्ने थलो त थियो त्यो।  प्राइभेट स्कुलमा हुने बिकृति आफ्नो ठाउमा थिए, त्यै पनि तुलनात्मक रुमपा मैले पढाउने स्कुलहरुमा दियिएको शिक्षाको स्तर र त्यहाका अधिकांस बिधार्थी देख्दा मलाई खुसि लाग्थ्यो। त्यहाका कैयों जेहेन्दार बिधार्थीको सपना डा. बन्ने हुन्थ्यो, ति मध्ये कैयौंले ग्रामिण क्षेत्रमा गएर सेवा गर्ने लक्ष राख्थे । 

तर दुर्भाग्य भन्नु पर्छ, मैले ४-५ वर्ष काठमाडौँका प्रतिष्ठित स्कुलमा अध्यापन गर्दा भेटिएका आफुले गर्ब गर्न लायक पढाईमा अब्बल मानिने एक-दुइ अपबाद बाहेक अन्य अधिकांस बिद्धार्थीहरु अहिले विदेश छन्। उनीहरुले नेपालमा मेडिकल प्रवेश परीक्षा दिए, तर सरकारी कोटामा थोरै सिट थियो, पढ्न पाएनन्, प्राइभेटमा पैसा पेल्न सकेनन र बिदेसिन बाध्य भए। उनीहरु अहिले विदेशमा बिज्ञान लगाएत अन्य बिषय लिएर अध्ययन गर्दैछन ।

सन् २००५ देखि २००६ सम्ममा मैले काठमाडौँको एक कलेजमा स्नातक तहको बायोटेक्नोलोजी कोर्सको संयोजक भएर काम गरें। त्यहाँ पढ्न आउने अधिकांस बिधार्थी एसएलसीमा बिसिस्ट श्रेणीमा पास हुनुका साथै ११ र १२ कक्षामा अत्यन्त राम्रो रिजल्ट भएका थिए। अधिकांसले कैयौं पटक मेडिकल प्रबेस परीक्षा दिएर थाकेर आएका थिए। ति मध्ये केहि प्राइभेट मेडिकल कलेजमा छुट्टाइएको सरकारी कोटामा भएको अनियमितताका भुक्तभोगी थिए। उनीहरुले भनेको बिश्वास गर्ने हो भने आफ्नो जग्गा बेचेर भएपनि शुल्क तिरेर पढ्ने मनशाय बनाएर अलिकति शुल्क घटाउन भनसुन गर्न नेताहरु कहाँ जादा शुल्क घटाउन मिल्दैन, दस लाख लिएर आउ, मन्त्रालयबाट हुने प्रवेश परीक्षाम़ा सरकारी कोटाम़ा नाम निकल्दिन्छु भन्ने पार्टीका नेता अहिले सभासद छन्। दस लाख लिएर जाँदा अझ बढी मागेपछि मेडिकल पढ्ने सोच त्यागेका एक बिधार्थी अहिले बेलायतको प्रतिष्ठित कम्पनिमा काम गर्छन। यो त एक प्रतिनिधि घटना थियो। अधिकांस बिधार्थीको व्यथा मिल्दोजुल्दो थियो, प्रत्यकका कुरा यहाँ लेखि राख्न सम्भव पनि भएन । 

२००६ देखि २००९ सम्म काठमाडौँको अर्को प्रतिष्ठित कलेजमा प्लस टु को बिज्ञान संकाय प्रमुख भएर काम गरें। हामी हाम्रो नयाँ पुस्तालाई देखेर अचम्म मान्थ्यौं। कैयौं बिधार्थी पढाईमा त अब्बल थिए नै, अतिरिक्त क्रियाकलाप देखि अन्य धेरै विधामा अब्बल थिए। उनीहरुको क्षमता देखादा लाग्थ्यो, देश हाम्रो देशको भविष्य उज्जल छ, ति मध्ये अधिकांसले मेडिकल प्रवेश परीक्षा दिए तर नाम निकालेनन। हामीले देशको मुहार देखेका जेहेन्दार, गर्ब गर्ने  बिद्धार्थीहरु प्राय: सबै अहिले विदेश छन्। आफैलाई बिश्वास गर्न गार्हो हुन्छ, हामीले राम्रा भनेका अब्बल बिद्धार्थीहरु प्लस टु पास गरेको १ वर्ष भित्रैमा अमेरिका पुग्थे, बाँकि अर्को वर्ष। सरकारी कोटामा १-२ ले नाम निकाल्नु अर्कै भो, बाकींहरु बिदेसिने है हुन्, तर मेडिकल पढ्न होइन, छात्रवृति वा आफै का गर्दै पढ्ने बाताबरण मिलाएर जाने हुन्। 

मैले पढाएका दर्जनौं बिद्दार्थीहरु आज मेडिकल डाक्टर बनिसकेका छन् वा मेडिकल पढ्दै छन् तर तिनीहरु मध्ये कति पढाईमा औसत थिए, वा औसत भन्दा पनि कम थिए। हामीले वर्ष भरि राम्ररी पढ्न नसकेर निरन्तर ताकेता गरेका कमजोर बिधार्थीहरु पनि मेडिकल कलेजमा पैसा तिरेर भर्ना भए। मैले उनीहरुको अपमान गर्न खोजेको होइन, तर भन्न खोजेको कुरो के भने नेपालको मेडिकल सिक्षा जेहेन्दार बिधार्थिले आफ्नो क्षमताको आधारमा होइन, पैसाको आधारमा पढ्ने हो भन्ने कुराको अन्य प्रमाण दिई राख्नु पर्ला जस्तो लाग्दैन। 

डा. केसीले राखेको माग नेपालको स्वास्थ्य क्षेत्रलाई धराशायी हुन बाट बचाउन र तीन करोड नेपालीको स्वास्थ्यम़ा भैरेहेको चरम लापरबाही र भ्रस्टाचारलाई निर्मुल पर्न वा कम गर्न अत्याबश्यक एकदम आधारभूत मागहरु मात्र हुन् । हाम्रो स्वास्थ्य क्षेत्रमा भएमा सयौं विसंगति र कुसंक्रितिलाई हामीले अझै पहिल्याउदै हटाउदै जाने हो। उहाको मागहरु त सुरुवात हो। हाम्रो स्वास्थ्य क्षेत्र बर्बाद भैसकेको कुरा हामीलाई थाहा छ। त्यसैले उहाँको मागहरु प्रति समर्थन जनाउने मात्र होइन, उहाँलाई साथ दिएर उहाँको सम्पूर्ण मागहरु  पुरा गर्न हामी सबै लाग्नुको विकल्प छैन।


Friday, 12 December 2014

UK leaders, open your eyes




After I have been living in UK from past five years. Each year, especially when Liberal conservative took up the government, there always has been some news for international students more disappointing than before. This time, as Theresa May talked about sending international students back immediately back to their home countries after they finish their study, I couldn’t even believe, that a sensible and an educated leader of any country could even imagine of such a policy ever.

Last year UK and my country Nepal celebrated 200 years of Nepal-Britain relationship. Despite the fact that my countrymen popularly known as Gurkhas have sacrificed their lives, families and everything to fight for this country, they have been badly treated. I feel at least proud when most of the British citizens I meet admit that their leaders badly treated Gurkhas even after they fought for their nation. Now, the similar, unfair treatment has began not only for the people of Nepal, but for hundreds of thousands of international students who stayed here, invested here for their study and now they have no choice even to work for sometime and to hone their skills while earning some money back.

I got into PhD to do research in brain tumours through University funded program at the University of Wolverhampton. My university has invested a lot of money on me to train me over three years including bench fees, tuition fees and monthly stipends to make me a skilled scientist in biological sciences. Most research students in my University are international students. We made it despite many hindrances such as funding restrictions for international students. Now, when countries like Australia, America and Canada open doors for the researchers, UK leaders started closing doors for them. As an international student, it doesn’t really matter to us which country we live in, we are anyway far from home, what matters to us is a kind of treatments you provide to us.

As international students have dropped down to 6%, there is no reason to wonder why there are only 2-3 students in lecture theatre for a module. Is not it a shame for a UK University to have 2-3 students in a big lecture room? There are many modules with not even single student anyway for postgraduate level. If this sort of treatments for international students continues, there is no surprise if most of the postgraduate degrees in UK Universities become a history.

We do have restrictions everywhere in UK; restriction in jobs, funding for research, scholarships, student loans, etc. What we could at least enjoy was free health service through NHS that too most of us never used. Now, the level of restriction has hone beyond a limit. There is now a kind of ban on everything. It implies that UK doesn’t need any foreign students and immigrants.

In 21st century, when a citizen of any country is like a global citizen, you are barring skilled manpower not only entering your country, but also kicking out some skilled ones already here or wanting to stay longer. My view is, it is not just about immigrants and international students; it is about your perceptions or mentality about the people from other countries. It is about what you think of your universities who are totally crushed financially because there are no foreign students. It is about your vision on your universities who have not been able to take up enough students in the past 3-4 years due to impractical and unfriendly regulations for international students. It is also about your plan on your Universities who have not been able to open up any new research positions due to lack of funding as there are no financial contributions from foreign students for past three years. International students have suffered a lot already when you revoked licence of many of your colleges and Universities without even bothering to think of hundreds of thousands of those students who returned home with an extreme pain and severe financial burdens without their degree in hand. Now, if your policy towards international students continues, it’s a time for you to suffer. I would suggest Theresa May and other UK leaders to open their eyes before it is too late.


Thursday, 31 July 2014

न्याय, सुशासन र विकास: अहिलेको नेतृत्वबाट सम्भव छ त ?


Published in NepaliPatra, a popular newspaper published from UK and Australia on 31st July, 2014.For original article, please click: 

डा. बाबुराम भट्टराईको केहि हप्ता पहिले नेपाल पाक्षिक पत्रिका मा छापिएको नयाँ राजनीतिक शक्तिको निर्माणको प्रसङ्ग बाट रबिन्द्र मिश्र, मुमाराम खनाल, लगायत अन्य पंक्तिकारहरुले पनि यसको पक्ष र विपक्षमा धेरै टिका टिपणी गरे । नयाँ शक्तिको बिरोध गर्नेहरुमा खासगरी अहिलेका असफल नेतृत्वनै बढी हावी छ भन्ने कुरा त जग जाहेर छदैछ । नयाँ राजनैतिक शक्तिको आबश्यक जब हुन्छ,  तब अहिलेका प्रमुख पोलिटिकल पार्टीहरु बाट कुनै पनि आधारमा देशमा द्रुत विकासको सम्भावना रहैदैन। यहाँ नेपाली राजननीति को धरातलीय यथार्थमा  रहेर अहिलेका राजनैतिकपार्टी हरुबाट हामीले चाहेको विकास सम्भब नहुनाको कारण र नयाँ शक्तिको आवस्यकताको बारेमा केहि विस्लेषण गरिएको छ।

२०४६ साल पछि को विकास, अहिलेका राजनीतिक पार्टीहरु र युवा पुस्ता 

अहिले नेपालमा खास गरि तीन प्रमुख राजनीतिक पार्टीहरु छन, नेपाली काँग्रेस, ने क पा एमाले र ने क पा एमाओबादी। सैधान्तिक रुपमा जे भए पनि ब्यबहारिक रुपमा यी तिन पार्टीहरुमा खासै अन्तर अब रहेन । साथै, यी पार्टीहरुका उच्च तहका नेताहरुको सोच्ने र काम गर्ने शैलीमा हामीले बिगत २० वर्ष देखेझैं  न त कुनै नयाँ पन छ, न त कुनै प्रतिबद्ता र इमान्दारिता ।
अब अहिले कै राजनीतिक पार्टीहरुलाई नै विकल्प मानेर अहिलेका प्रमुख राजनीतिक पार्टीहरुको आन्तरिक प्रजातन्त्र र संरचना लाई केलाउने कोशिस गरौं ।  

अहिलेका पोलिटिकल पार्टीहरुमा युवा पुस्ता तथा काम गर्न सक्ने सक्षम व्यक्तिहरुले पार्टीको  बागडोर समाएर पार्टी र देशलाई आगाडी लैजान सक्ने अवस्था र सम्भावना धेरै कम छ। नेपाली काँग्रेसमा शेर बहादुर देउबा र रामचन्द्र पौडेल देखि अन्य कैयौं नेताहरु सभापति बन्ने लाइनमा छन्।  एकदुई अपबाद बाहेक नेपाली काँग्रेसका उच्च तहमा  हामीले खासै कसलाई हेर्न र शंकाको लाभ दिन बाकी छैन। नेपाली काँग्रेसको नेतृत्व गगन थापा, विश्व प्रकाश शर्मा,  जस्ता युवा ले सम्हाल्ने सम्म पुग्न ५-६  कार्यकाल कुर्नु त पर्यो नै, त्यो भनेको साधारण गणितिय हिसाब ले पनि २५-३० वर्ष  लाग्ने नै भो। त्यसैले, नेपाली काँग्रेस भित्र अब छिटै सब्बल नेतृत्व निस्केला भन्ने छाँट छैन नै।

ने क पा एमाले भित्र पनि नेतृत्वको स्थिति अझ गोलमाल नै छ। १५-२० वर्ष पार्टी को बागडोर सम्हालेर राजिनामा दिएका माधवकुमार नेपालले  उम्मेदबारी दिए । हालसालै के पी ओली अध्यक्षमा निर्बाचित भए, उनको आफ्नै उमेर र स्वास्थ्य हेर्दा पनि अहिले एमालेको नेतृत्व कम से कम दोश्रो पुस्तामा आउनु पर्ने हो,  एमालेको यो महाधिबेशनमा दुबैजना प्रतिस्प्रधी ठिक थिएनन् , दुबैको आ-आफ्नै गुट बन्दि त छ नै. कार्यकर्ता जसलाई चुने पनि बाध्यता ले चुन्ने हो । यो स्तिथि देशकै राजनीतिक दुर्दशा हो। तर जरा देखिनै बिग्रिसकेको एमाले भित्रको राजनीतिलाई सहि दिशामा ल्याउन सकिने संकेत देखिएको छैन । यो स्थितिमा एमाले युवाको हातमा आउन ४-५ कार्यकाल कुरे पनि २०-२५ वर्ष त लाग्ने नै भयो

 ने क पा एमाओबादी को  कुरा गर्दा प्रचण्ड बिगत २०-२५ वर्ष देखि पार्टी कै अध्यक्ष छन। एमाओबादी अध्यक्षमा प्रचण्डको विकल्पको रुपमा युवा पुस्ता आउने कहीं कतै कुनै लक्षण देखिदैन। बाबुराम जस्तो पढेलेखेको र उपाध्यक्ष जस्तो शक्तिशाली पदमा हुदाहुदै पनि पार्टीको नेतृत्व हस्तान्तरणमा संघर्षरत छन् र  उनकै पार्टीका कार्यकर्ताको समर्थन पाउन असफल देखिन्छन । प्रचण्डमा सकेसम्म आफैलाई शक्ति केन्द्रको रुपमा राख्ने लालचा छ। नेपालका राजनीतिक पार्टीहरु भित्र चरम गुटबन्दी, हानथाप, फुट, र भ्रस्टाचारको संस्कार छिटै सकिएर राम्रो संस्कारको सुरुवात पनि हुन दशकौं कुर्नु पर्ने स्थिति छदैछ।

२०४६ पछि देशमा संचार, स्वास्थ्य, शिक्षा लगाएत धेरै क्षत्र हरु मा धेरै परिवर्तन भएको छ। तर यी सबै परिबर्तनहरुमा एक-दुइ अपबाद बाहेक न त नेताहरुको ठुलो भिजनले काम गर्यो न त प्रस्ट योजनाले। एउटा कार्यकालमा कुनै एउटा काम भयो अनि अर्को कार्यकालमा अर्को काम। तर पहिलेको राम्रो कामको न त कुनै नेताहरुले अनुशरण गर्ने काम गरे, न त योजनाबस अर्को राम्रो कामको थालनी गरे। यी फाट्टफुट्ट खालको विकासले बिकसित राष्ट्र हरुको दाजोंमा पुग्न सकिदैन भन्ने हामीले  देखे-भोगेकै छौं । 

नेपाललाई विश्वकै धनि राष्ट्रको दाजोंमा पुर्याउनका लागि अहिलेको नेतृत्व सबल र सक्षम छैन भन्ने कुरा प्रस्ट छ। अहिलेको नेतृत्व बाट अब को १०-२० वर्षमा प्राइभेट क्षत्रहरुमा केहि विकास होला, देशका राजधानी लगाएत मुख्य सहर हरुमा अरु अस्पताल र निजि कलेजहरु खोलिएलान, एक दुइ वटा विमानस्थल बन्लान, एक दुइ वटा हाइवे बन्लान, तर  शिक्षा, स्वास्थ र अहिलेको प्रविधिसंग पहुच नभएका गरिब जनतालाई केन्द्रबिन्दु बनाएर काम गर्ने भिजन अहिलेका प्राय नेताहरुमा छैन। देशमा अब ५-७ वर्षमा हुनु पर्ने  शिक्षा विकास भनेको देशका ३० हजार समुदायिक बिधालय र हजारौं सामुदायिक कलेज हरुलाई अन्तरास्ट्रिय स्तरमा विकास गर्नु हो, स्कुल को छानो सम्म पनि बनाउन ध्यान नपुग्ने अहिलेको नेतृत्वबाट बिधालयको भौतिक पुर्बाधार लगायत खानेपानी, सरसफाई, पुस्तकालय, बिज्ञान प्रयोगशाला, अडियो विजुअल ल्याब, र राम्रो पढाई होला भन्ने कुरा सायद हाम्रो कल्पना भन्दा पनि पर छ।  देश लोकतान्त्रिक संघियतामा जान लागेको अवस्थामा  प्रत्येक राज्यमा काठमाडौँको टीचिङ् अस्पताल जतिकै ठुला अस्पताल,  ७५ ओटा जिल्ला स्तरिय अस्पताल, र देश मा भएका प्रत्येक स्वास्थ्य चौकी र केन्द्रहरुमा एउटा डाक्टर सहितको गुणस्तरीय उपचार ५-७ वर्षमा त छोडौं,  हामीले अहिलेको नेतृत्वबाट हाम्रो जीवनकालमा नै आशा गर्नु मुर्खता हुनेछ। एउटा टीचिङ् अस्पताललाईनै राजनैतिक भाग भण्डाबाट आक्रान्त पार्नेअहिलेको नेतृत्वबाट देश भरिमा उच्च स्तरिय स्वास्थ्य सेवाको सुबिधाको आशा गर्नु बेकार नै छ। देशको एक मात्र अन्तरास्ट्रिय विमानस्थल,  त्रिभुवन विमानस्थलमै भित्र भैरहेको भ्रस्टाचार र बेथितिलाई  रोक्न असफल अहिलेको नेतृत्वबाट देशका दर्जनौं अन्तरिक विमानस्थलको स्तरोन्नति अबको केहि वर्षमा होला भनेर कसरि आश गर्नु र। एउटा आशा भएको न्याय प्रणालीमा तथा आईजीपी प्रकरणले फेरि अर्को कुराको संकेत गर्छ, अहिलेको  पार्टीका  उच्च तहका नेताहरुको मानसिकतामा सुधार आएको देखिदैन। 


त्रिचन्द्रको लाइब्ररीमा आगलागी, राजनैतिक कुसंस्कार को पराकस्ठा

जनआन्दोलन-२ को लगभग एक दशक पछि फेरि त्रिचन्द्र कलेजमा भएको आगलागी राजनैतिक कुसंस्कार को एउटा पराकस्ठा हो।राजनैतिक पार्टीहरु मात्र होइन, बिधार्थी जस्ता देशको भविष्य काँधमा लिनुपर्ने आजका युवाहरुमा भाको यो अपराधिक कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ। हामीले भोलिको राजनैतिक बागडोर सम्हाल्ने युवाहरुमा भएको यो संस्कृतिलाइ कुनै शंकाको  
लाभ दिन बाँकि छ र ?

 देश विकासमा हाम्रो दायित्व र विकल्प 

हामी संग संग भएको गैर राजनैतिक विकल्प भनेको आफ्नो काम गर्ने र देश विकास मा योगदान दिनु हो, हामीले व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा जति योगदान दिए पनि देशको राजनीति राम्रो नहुदा सम्म देश बन्न सक्दैन भन्ने कुरा हामीले देखेकै छौं। न्याय, सुशासन, कानुनी राज्यको प्रत्याभूति राजनीतिबाट मात्र सम्भब हुन्छ  जुन कुरा अहिलेको नेतृत्व बाट सम्भव छैन भन्ने कुरा पनि प्रस्ट नै छ। त्यसैले,  अब हामी संग दुइ विकल्प छन्, कि त अहिलेकै पार्टीहरुमा छिरेर अहिलेको पार्टीहरुलाई सुधार्ने कि त नयाँ राजनीतिक शक्ति को बारेमा सोच्ने। अहिलेको पार्टीहरुमा छिरेर पार्टीहरु लाई सुधार्नु राम्रो विकल्प हुन सक्थ्यो, तर यो धेरै गार्हो छ भन्ने कुराको प्रमाण दिन टाढा जानु पर्दैन। रामकुमारी झाक्री, गोकर्ण बिस्ट, गगन थापा, रबिन्द्र अधिकारी, विश्व प्रकाश शर्मा,  जस्ता संघर्षशिल युवा हरुले परिवर्तन गर्न नसकेको पार्टीहरुमा आफ्नै पेशामा लागेको युवाहरुले राजनीतिको माध्यमबाट देशलाई योगदान दिन पाउनु कल्पना भन्दा बाहिर हो।रामेश्वर खनाल जस्ता बिज्ञले नेपाली काँग्रेसमा छिरेर पनि स्थान नपाउनु स्थान नपाउनु सयौं उदाहरण मध्ये  एक दुइ मात्र हुन्। शायद रबिन्द्र मिश्र र नयाँ शक्तिको रुचाउने  अन्य  व्यक्तित्व हरु को विचार पनि त्यहि हो ।

अहिलेको आइटी,  बिज्ञान प्रबिधि र सामाजिक संजालमा पोख्त द्रुत गतिमा विकास चाहने युवा पुस्तालाई अहिलेको नेतृत्वले न त बुझ्न सक्छ, न त प्रतिनिधित्वनै गर्न सक्छ । अहिलेको नेतृत्वबाट नेपालमा  हामीले चाहेको र सपना देखे जस्तो विकास हाम्रो जीवन कालमा अशम्भव छ, परिवर्तन चाहने हो भने  नयाँ शक्ति नै विकल्प हो। प्रश्ट नीति, योजना र कार्यदिशा, गणितीय हिसाबको सोच, केन्द्रिय सदस्य हुन चाहिने न्युनतम योग्यता, धेरैमा दुइपटक भन्दा बढि पार्टी को कार्यकारी प्रमुख बन्न नपाउने, एकपटक पार्टीबाट पाएको जिम्मेबारी सरकार मा होस् वा बहिर होस्, पुरा गरेको वा नगरेको आधार मा मात्र फेरि अर्को जिम्मेबारी को निर्धारण जस्ता धेरै कुराहरु हेरेर पार्टी को कार्य नीति बनाउनु बनाइनु पर्छ।जेष्ठ १४ गते कान्तिपुरमा छापिएको रमेश पोखरेल, डा. नवराज खतिवडा र डा. सूर्यराज आचार्य को यस्तो हुनु पर्छ  नयाँ शक्ति भन्ने लेखमा अब बन्नु पर्ने नयाँ शक्तिको अबधारणा अत्यन्त सकारात्मक छ।  योजना आयोगको सदस्यमा नियुक्त भएका डा. स्वर्णीम वाग्ले जस्ता सक्षम देश वा विदेशमा बसोबास गर्ने कोहि पनि युवाले पार्टी र देश को लागि योगदान दिन चाहेमा निर्धक्क भएर आफ्नो दक्षता र अनुभव को आधार मा पार्टी भित्र प्रतिस्पर्धा गरि त्यहि अनुसारको जिम्मेबारी पाउने नीति तयार भयो भने नयाँ शक्ति को मध्यम बाट हाम्रै जीवन काल मा हामीले चाहेको र सपना देखेको परिवर्तन सम्भव छ।  नयाँ शक्ति आफ्नो ठाउमा होला, तर राजनीतिको मध्यमबाट देशलाई बदल्न चाहने युवाहरु अब सामाजिक संजाल र प्रत्यक्ष भेटघाटको सहाराले एक जुट हुनु अति आवश्यक छ ।  जसले गर्दा अहिलेको पार्टी संरचनामा सक्षम युवाहरुले स्थान नपाउने कुरा प्रस्ट भैसकेको अबस्थामा परिबर्तनको लागि योगदान दिन चाहनेहरुको संजाल नयाँ शक्तिमा परिणत हुन कहिँ हद सम्म सजिलो हुनेछ ।