Thursday, 31 July 2014

न्याय, सुशासन र विकास: अहिलेको नेतृत्वबाट सम्भव छ त ?


Published in NepaliPatra, a popular newspaper published from UK and Australia on 31st July, 2014.For original article, please click: 

डा. बाबुराम भट्टराईको केहि हप्ता पहिले नेपाल पाक्षिक पत्रिका मा छापिएको नयाँ राजनीतिक शक्तिको निर्माणको प्रसङ्ग बाट रबिन्द्र मिश्र, मुमाराम खनाल, लगायत अन्य पंक्तिकारहरुले पनि यसको पक्ष र विपक्षमा धेरै टिका टिपणी गरे । नयाँ शक्तिको बिरोध गर्नेहरुमा खासगरी अहिलेका असफल नेतृत्वनै बढी हावी छ भन्ने कुरा त जग जाहेर छदैछ । नयाँ राजनैतिक शक्तिको आबश्यक जब हुन्छ,  तब अहिलेका प्रमुख पोलिटिकल पार्टीहरु बाट कुनै पनि आधारमा देशमा द्रुत विकासको सम्भावना रहैदैन। यहाँ नेपाली राजननीति को धरातलीय यथार्थमा  रहेर अहिलेका राजनैतिकपार्टी हरुबाट हामीले चाहेको विकास सम्भब नहुनाको कारण र नयाँ शक्तिको आवस्यकताको बारेमा केहि विस्लेषण गरिएको छ।

२०४६ साल पछि को विकास, अहिलेका राजनीतिक पार्टीहरु र युवा पुस्ता 

अहिले नेपालमा खास गरि तीन प्रमुख राजनीतिक पार्टीहरु छन, नेपाली काँग्रेस, ने क पा एमाले र ने क पा एमाओबादी। सैधान्तिक रुपमा जे भए पनि ब्यबहारिक रुपमा यी तिन पार्टीहरुमा खासै अन्तर अब रहेन । साथै, यी पार्टीहरुका उच्च तहका नेताहरुको सोच्ने र काम गर्ने शैलीमा हामीले बिगत २० वर्ष देखेझैं  न त कुनै नयाँ पन छ, न त कुनै प्रतिबद्ता र इमान्दारिता ।
अब अहिले कै राजनीतिक पार्टीहरुलाई नै विकल्प मानेर अहिलेका प्रमुख राजनीतिक पार्टीहरुको आन्तरिक प्रजातन्त्र र संरचना लाई केलाउने कोशिस गरौं ।  

अहिलेका पोलिटिकल पार्टीहरुमा युवा पुस्ता तथा काम गर्न सक्ने सक्षम व्यक्तिहरुले पार्टीको  बागडोर समाएर पार्टी र देशलाई आगाडी लैजान सक्ने अवस्था र सम्भावना धेरै कम छ। नेपाली काँग्रेसमा शेर बहादुर देउबा र रामचन्द्र पौडेल देखि अन्य कैयौं नेताहरु सभापति बन्ने लाइनमा छन्।  एकदुई अपबाद बाहेक नेपाली काँग्रेसका उच्च तहमा  हामीले खासै कसलाई हेर्न र शंकाको लाभ दिन बाकी छैन। नेपाली काँग्रेसको नेतृत्व गगन थापा, विश्व प्रकाश शर्मा,  जस्ता युवा ले सम्हाल्ने सम्म पुग्न ५-६  कार्यकाल कुर्नु त पर्यो नै, त्यो भनेको साधारण गणितिय हिसाब ले पनि २५-३० वर्ष  लाग्ने नै भो। त्यसैले, नेपाली काँग्रेस भित्र अब छिटै सब्बल नेतृत्व निस्केला भन्ने छाँट छैन नै।

ने क पा एमाले भित्र पनि नेतृत्वको स्थिति अझ गोलमाल नै छ। १५-२० वर्ष पार्टी को बागडोर सम्हालेर राजिनामा दिएका माधवकुमार नेपालले  उम्मेदबारी दिए । हालसालै के पी ओली अध्यक्षमा निर्बाचित भए, उनको आफ्नै उमेर र स्वास्थ्य हेर्दा पनि अहिले एमालेको नेतृत्व कम से कम दोश्रो पुस्तामा आउनु पर्ने हो,  एमालेको यो महाधिबेशनमा दुबैजना प्रतिस्प्रधी ठिक थिएनन् , दुबैको आ-आफ्नै गुट बन्दि त छ नै. कार्यकर्ता जसलाई चुने पनि बाध्यता ले चुन्ने हो । यो स्तिथि देशकै राजनीतिक दुर्दशा हो। तर जरा देखिनै बिग्रिसकेको एमाले भित्रको राजनीतिलाई सहि दिशामा ल्याउन सकिने संकेत देखिएको छैन । यो स्थितिमा एमाले युवाको हातमा आउन ४-५ कार्यकाल कुरे पनि २०-२५ वर्ष त लाग्ने नै भयो

 ने क पा एमाओबादी को  कुरा गर्दा प्रचण्ड बिगत २०-२५ वर्ष देखि पार्टी कै अध्यक्ष छन। एमाओबादी अध्यक्षमा प्रचण्डको विकल्पको रुपमा युवा पुस्ता आउने कहीं कतै कुनै लक्षण देखिदैन। बाबुराम जस्तो पढेलेखेको र उपाध्यक्ष जस्तो शक्तिशाली पदमा हुदाहुदै पनि पार्टीको नेतृत्व हस्तान्तरणमा संघर्षरत छन् र  उनकै पार्टीका कार्यकर्ताको समर्थन पाउन असफल देखिन्छन । प्रचण्डमा सकेसम्म आफैलाई शक्ति केन्द्रको रुपमा राख्ने लालचा छ। नेपालका राजनीतिक पार्टीहरु भित्र चरम गुटबन्दी, हानथाप, फुट, र भ्रस्टाचारको संस्कार छिटै सकिएर राम्रो संस्कारको सुरुवात पनि हुन दशकौं कुर्नु पर्ने स्थिति छदैछ।

२०४६ पछि देशमा संचार, स्वास्थ्य, शिक्षा लगाएत धेरै क्षत्र हरु मा धेरै परिवर्तन भएको छ। तर यी सबै परिबर्तनहरुमा एक-दुइ अपबाद बाहेक न त नेताहरुको ठुलो भिजनले काम गर्यो न त प्रस्ट योजनाले। एउटा कार्यकालमा कुनै एउटा काम भयो अनि अर्को कार्यकालमा अर्को काम। तर पहिलेको राम्रो कामको न त कुनै नेताहरुले अनुशरण गर्ने काम गरे, न त योजनाबस अर्को राम्रो कामको थालनी गरे। यी फाट्टफुट्ट खालको विकासले बिकसित राष्ट्र हरुको दाजोंमा पुग्न सकिदैन भन्ने हामीले  देखे-भोगेकै छौं । 

नेपाललाई विश्वकै धनि राष्ट्रको दाजोंमा पुर्याउनका लागि अहिलेको नेतृत्व सबल र सक्षम छैन भन्ने कुरा प्रस्ट छ। अहिलेको नेतृत्व बाट अब को १०-२० वर्षमा प्राइभेट क्षत्रहरुमा केहि विकास होला, देशका राजधानी लगाएत मुख्य सहर हरुमा अरु अस्पताल र निजि कलेजहरु खोलिएलान, एक दुइ वटा विमानस्थल बन्लान, एक दुइ वटा हाइवे बन्लान, तर  शिक्षा, स्वास्थ र अहिलेको प्रविधिसंग पहुच नभएका गरिब जनतालाई केन्द्रबिन्दु बनाएर काम गर्ने भिजन अहिलेका प्राय नेताहरुमा छैन। देशमा अब ५-७ वर्षमा हुनु पर्ने  शिक्षा विकास भनेको देशका ३० हजार समुदायिक बिधालय र हजारौं सामुदायिक कलेज हरुलाई अन्तरास्ट्रिय स्तरमा विकास गर्नु हो, स्कुल को छानो सम्म पनि बनाउन ध्यान नपुग्ने अहिलेको नेतृत्वबाट बिधालयको भौतिक पुर्बाधार लगायत खानेपानी, सरसफाई, पुस्तकालय, बिज्ञान प्रयोगशाला, अडियो विजुअल ल्याब, र राम्रो पढाई होला भन्ने कुरा सायद हाम्रो कल्पना भन्दा पनि पर छ।  देश लोकतान्त्रिक संघियतामा जान लागेको अवस्थामा  प्रत्येक राज्यमा काठमाडौँको टीचिङ् अस्पताल जतिकै ठुला अस्पताल,  ७५ ओटा जिल्ला स्तरिय अस्पताल, र देश मा भएका प्रत्येक स्वास्थ्य चौकी र केन्द्रहरुमा एउटा डाक्टर सहितको गुणस्तरीय उपचार ५-७ वर्षमा त छोडौं,  हामीले अहिलेको नेतृत्वबाट हाम्रो जीवनकालमा नै आशा गर्नु मुर्खता हुनेछ। एउटा टीचिङ् अस्पताललाईनै राजनैतिक भाग भण्डाबाट आक्रान्त पार्नेअहिलेको नेतृत्वबाट देश भरिमा उच्च स्तरिय स्वास्थ्य सेवाको सुबिधाको आशा गर्नु बेकार नै छ। देशको एक मात्र अन्तरास्ट्रिय विमानस्थल,  त्रिभुवन विमानस्थलमै भित्र भैरहेको भ्रस्टाचार र बेथितिलाई  रोक्न असफल अहिलेको नेतृत्वबाट देशका दर्जनौं अन्तरिक विमानस्थलको स्तरोन्नति अबको केहि वर्षमा होला भनेर कसरि आश गर्नु र। एउटा आशा भएको न्याय प्रणालीमा तथा आईजीपी प्रकरणले फेरि अर्को कुराको संकेत गर्छ, अहिलेको  पार्टीका  उच्च तहका नेताहरुको मानसिकतामा सुधार आएको देखिदैन। 


त्रिचन्द्रको लाइब्ररीमा आगलागी, राजनैतिक कुसंस्कार को पराकस्ठा

जनआन्दोलन-२ को लगभग एक दशक पछि फेरि त्रिचन्द्र कलेजमा भएको आगलागी राजनैतिक कुसंस्कार को एउटा पराकस्ठा हो।राजनैतिक पार्टीहरु मात्र होइन, बिधार्थी जस्ता देशको भविष्य काँधमा लिनुपर्ने आजका युवाहरुमा भाको यो अपराधिक कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ। हामीले भोलिको राजनैतिक बागडोर सम्हाल्ने युवाहरुमा भएको यो संस्कृतिलाइ कुनै शंकाको  
लाभ दिन बाँकि छ र ?

 देश विकासमा हाम्रो दायित्व र विकल्प 

हामी संग संग भएको गैर राजनैतिक विकल्प भनेको आफ्नो काम गर्ने र देश विकास मा योगदान दिनु हो, हामीले व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा जति योगदान दिए पनि देशको राजनीति राम्रो नहुदा सम्म देश बन्न सक्दैन भन्ने कुरा हामीले देखेकै छौं। न्याय, सुशासन, कानुनी राज्यको प्रत्याभूति राजनीतिबाट मात्र सम्भब हुन्छ  जुन कुरा अहिलेको नेतृत्व बाट सम्भव छैन भन्ने कुरा पनि प्रस्ट नै छ। त्यसैले,  अब हामी संग दुइ विकल्प छन्, कि त अहिलेकै पार्टीहरुमा छिरेर अहिलेको पार्टीहरुलाई सुधार्ने कि त नयाँ राजनीतिक शक्ति को बारेमा सोच्ने। अहिलेको पार्टीहरुमा छिरेर पार्टीहरु लाई सुधार्नु राम्रो विकल्प हुन सक्थ्यो, तर यो धेरै गार्हो छ भन्ने कुराको प्रमाण दिन टाढा जानु पर्दैन। रामकुमारी झाक्री, गोकर्ण बिस्ट, गगन थापा, रबिन्द्र अधिकारी, विश्व प्रकाश शर्मा,  जस्ता संघर्षशिल युवा हरुले परिवर्तन गर्न नसकेको पार्टीहरुमा आफ्नै पेशामा लागेको युवाहरुले राजनीतिको माध्यमबाट देशलाई योगदान दिन पाउनु कल्पना भन्दा बाहिर हो।रामेश्वर खनाल जस्ता बिज्ञले नेपाली काँग्रेसमा छिरेर पनि स्थान नपाउनु स्थान नपाउनु सयौं उदाहरण मध्ये  एक दुइ मात्र हुन्। शायद रबिन्द्र मिश्र र नयाँ शक्तिको रुचाउने  अन्य  व्यक्तित्व हरु को विचार पनि त्यहि हो ।

अहिलेको आइटी,  बिज्ञान प्रबिधि र सामाजिक संजालमा पोख्त द्रुत गतिमा विकास चाहने युवा पुस्तालाई अहिलेको नेतृत्वले न त बुझ्न सक्छ, न त प्रतिनिधित्वनै गर्न सक्छ । अहिलेको नेतृत्वबाट नेपालमा  हामीले चाहेको र सपना देखे जस्तो विकास हाम्रो जीवन कालमा अशम्भव छ, परिवर्तन चाहने हो भने  नयाँ शक्ति नै विकल्प हो। प्रश्ट नीति, योजना र कार्यदिशा, गणितीय हिसाबको सोच, केन्द्रिय सदस्य हुन चाहिने न्युनतम योग्यता, धेरैमा दुइपटक भन्दा बढि पार्टी को कार्यकारी प्रमुख बन्न नपाउने, एकपटक पार्टीबाट पाएको जिम्मेबारी सरकार मा होस् वा बहिर होस्, पुरा गरेको वा नगरेको आधार मा मात्र फेरि अर्को जिम्मेबारी को निर्धारण जस्ता धेरै कुराहरु हेरेर पार्टी को कार्य नीति बनाउनु बनाइनु पर्छ।जेष्ठ १४ गते कान्तिपुरमा छापिएको रमेश पोखरेल, डा. नवराज खतिवडा र डा. सूर्यराज आचार्य को यस्तो हुनु पर्छ  नयाँ शक्ति भन्ने लेखमा अब बन्नु पर्ने नयाँ शक्तिको अबधारणा अत्यन्त सकारात्मक छ।  योजना आयोगको सदस्यमा नियुक्त भएका डा. स्वर्णीम वाग्ले जस्ता सक्षम देश वा विदेशमा बसोबास गर्ने कोहि पनि युवाले पार्टी र देश को लागि योगदान दिन चाहेमा निर्धक्क भएर आफ्नो दक्षता र अनुभव को आधार मा पार्टी भित्र प्रतिस्पर्धा गरि त्यहि अनुसारको जिम्मेबारी पाउने नीति तयार भयो भने नयाँ शक्ति को मध्यम बाट हाम्रै जीवन काल मा हामीले चाहेको र सपना देखेको परिवर्तन सम्भव छ।  नयाँ शक्ति आफ्नो ठाउमा होला, तर राजनीतिको मध्यमबाट देशलाई बदल्न चाहने युवाहरु अब सामाजिक संजाल र प्रत्यक्ष भेटघाटको सहाराले एक जुट हुनु अति आवश्यक छ ।  जसले गर्दा अहिलेको पार्टी संरचनामा सक्षम युवाहरुले स्थान नपाउने कुरा प्रस्ट भैसकेको अबस्थामा परिबर्तनको लागि योगदान दिन चाहनेहरुको संजाल नयाँ शक्तिमा परिणत हुन कहिँ हद सम्म सजिलो हुनेछ ।